arrow

सर्वोच्चको फैसलापछि नेविसंघले गर्‍यो दिप प्रज्वलन

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
court-verdict-welcome-nsu.jpg

काठमाडौं। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याएसँगै यसको चौतर्फि स्वागत भइरहेको छ। केपी ओलीले नेतृत्व गरेको नेकपाको एउटा खेमा बाहेक अधिकांश राजनीतिक दलका नेता कार्यकर्ताहरुले यसको स्वागत गरेका छन्। 

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले पनि यसको स्वागतमा दिप प्रज्वलन गरेका छन्। फैसला लगत्तै नेविसंघका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा सर्वोच्च अदालतललाई धन्यवाद दिदै दिप प्रज्वलन गरेका हुन्।

नेविसंघका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा र नेविसंघको झण्डा सहित दिप प्रज्वलन गरेको विद्यार्थी नेता नवराज त्रिपाठीले बताए । दिप प्रज्वलन कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री तथा कांग्रेस युवा नेता कुन्दन काफ्ले लगायतका नेता कार्यकर्ताहरु सहभागि थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ