arrow

प्रधानमन्त्रीका सल्लाहकारद्वय भन्छन्- फैसलाले राजनीतिक निकास दिंदैन

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
bishnu-rimal.jpg

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनको पक्षमा फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले निर्णय मान्ने बताउँदै फैसलाले राजनीतिक निकास नदिने प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजालमार्फत प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अदालतको फैसला सबैले मान्नुपर्ने तर फैसलाले जारी राजनीतिक समस्या हल नगर्ने बताए ।

रिमालले लेखेका छन्– प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नु पर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।

ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले पनि फैसला सबैले मान्नुपर्ने बताएपनि यसले मुलुकको जटिल राजनीतिलाई निकास नदिने तर्क गरेका छन् ।

भट्टराईले लेखेका छन्– ‘सम्मानित अदालतको फैसला मान्नुपर्छ । तर यसले मुलुकको जटिल राजनीतिलाई निकास भने दिँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ