arrow

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा सर्वोच्च अदालतको  निर्णयको स्वागत

 ने. वि. संघ द्वारा लोकतन्त्रको जित भन्दै दीप प्रज्वलन

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
Congress-jhapa-candle.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला तथा  उनकै निर्वाचन क्षेत्र समेत रहेको  गौरादह नगरपालिकाको डिपु चोकमा  नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नगर कमिटीले सर्वोच्चको कदमको स्वागत गर्दै दीप प्रज्वलन गरेको छ ।  

नेपाल विद्यार्थी संघ नगर कमिटीको आयोजना तथा नेपाल विद्यार्थी संघ कृषि क्याम्पस र  गौरादह बहुमुखी क्याम्पसको  संयुक्त संयोजकत्वमा   सर्वोच्च अदालतको सुनुवाइको स्वागत गर्दै  गौरादहको डिपु चोकमा   दीप प्रज्वलन  कार्यक्रम सम्पन्न  भएको हो ।                             

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिगमनकारी कदमलाई किनारा लगाउँदै सर्वोच्चले दिएको आदेशको  स्वागत गर्दै ने. वि. संघले दीप प्रज्वलन कार्यक्रम गरेको हो ।  दीप प्रज्वलन कार्यक्रम लाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले प्रतिगमको विरुद्ध चालिएको सङ्घर्षका बाबजुद संसद् पुनर्स्थापना भएकोले सर्वोच्चको कदमको  स्वागत गर्दै दीप प्रज्वलनमा सहभागी भएको बताइन् ।                                   

राज्यको सर्वोच्च संस्थाको कदर र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणाको सुनुवाइ प्रति आभार व्यक्त गर्दै इतिहासका विभिन्न कालखण्डमा  आइपर्ने समस्यामा न्यायालय कहिल्यै  नचुक्ने बताउँदै न्यायालय कसैको प्रभाव र  दबाबमा नपर्ने कुरा आज नेपाली जनताले महसुस र मनन गरेको पन्तले बताइन् ।                             

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पस  इकाई  कमिटी सभापति कुशल लामिछानेले आज  सम्पूर्ण नेपाली जनता र लोकतन्त्रको जित भएको बताए ।                             

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ नगर सभापति बाबुराम नेपालले ओलीको संविधान च्यात्ने कदमको प्रयास विरुद्ध नेपाली काङ्ग्रेसले चालेको  प्रतिगमन विरुद्धको कदम अनुरूप सर्वोच्चको फैसलाको स्वागत गर्दै नेपाली काङ्ग्रेस जहिले पनि विधि र विधान अनुरूप चल्ने भएकोले आज नेपाली  काङ्ग्रेस  र नेपाली जनता  सफल भएको बताए ।                       

त्रिभुवन विश्व विद्यालय गौरादह कृषि क्याम्पस एकाइ कमिटी सचिव कुशल ढुङ्गानाले सञ्चालन गरेको स्वागत तथा दीप प्रज्वलन कार्यक्रममा  नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति ढुन्डिराज भण्डारी , महाधिवेशन प्रतिनिधि लक्ष्मी बाराकोटी ,  महाधिवेशन प्रतिनिधि सिताराम भट्टराई ,नगर सभापति यादब राज  सेढाइ , युवा नेता महेन्द्र भट्टराई , ने. का .नेता हेमन्त कार्की लगायत ने. वि. संघका दर्जनौं  विद्यार्थीहरू बाक्लो   उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ