arrow

ओली पक्षले बोलायो स्थायी कमिटी बैठक 

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
kp-oli-serious-mood.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गर्दै संसद् ब्युँताइदिएपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ओली समूहले स्थायी कमिटी बैठक बोलाएको हो । 

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

अदालतले मिति नै तोकेर संसद् बैठक १३ दिनभित्र बोलाउन आदेश जारी गरेपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले यसअघि नै सर्वोच्चको फैसलापछि पनि प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने जानकारी दिइसकेको अवस्थामा स्थायी कमिटीले कस्तो रणनीति अपनाउला भन्नेतर्फ सबैको ध्यान केन्द्रित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ