arrow

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिनुपर्छ: विवेकशील साझा पार्टी

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
KP-Bidhya.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा पुनःस्थापनालाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामाको माग गरेको छ ।

पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको समेत उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ। विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ। त्यसै गरी संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ