arrow

अदालतको फैसला मान्नुपर्छ, अब संसदमै बाँकी विषयमा छलफल हुन्छ : सुवास नेम्वाङ

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
subash-chand-nembang.jpeg

काठमाडौं । नेकपा ओली पक्षका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वाेच्च अदालतको निर्णयलाई स्वागत गर्दै अब संसदबाटै बाँकी विषय टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

बुधबार विहान हाम्राकुरा डटकमसँगको कुराकानीका क्रममा संविधान अनुसार वा संविधानको आधिकारिक ब्याख्याता सर्वोच्च अदालत भएकाले उसको निर्णय मानेरै अघि बढ्ने बताए ।

‘फैसलामा संसद बोलाउने भन्ने छ, सोही अनुसार प्रधानमन्त्री ज्यू लाई संसद बोलाउन सुझाव दिन्छौ र संसदबाटै बाँकी विषयमा छलफल गर्छौं’ उनले भने, ‘आफूले प्रधानमन्त्रीलाई भनेकै कुरा अहिले फैसला आएको छ ।’

नेम्बाङले अदालतमा जानुअघि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको राय जस्तैगरी फैसला आएको सुनाउँदै अब संसदमार्फत अन्य विषय ढुंगोमा पुर्‍याउन प्रधानमन्त्रीलाई सल्लाह दिने बताए । ‘उनले भने, ‘कतिपय राजनीतिक विषय टुंगोमा पुगिसकेको छैन् तर बाँकी विषय संसदमै फेस गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीलाई आफूले पटक पटक प्रतिनिधि सभा विघटनतर्फ जानुहुँदैन भनेर सुझाव दिएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ