arrow

प्रचण्ड-नेपालले देउवा भेट्दै 

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
deuba-prachanda-nepal.jpg

काठमाडौं विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । 

सभापति देउवालाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड र नेपाल चितवनको पार्टी कार्यक्रममा सहभागी नभई भरतपुरबाट काठमाडौं आइपुगेका छन् । 

कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाले केही बेरमा नेकपाका अध्यक्ष दाहाल र नेपालसँग देउवाले भेट्ने कार्यक्रम तय भएको हाम्राकुरालाई जानकारी दिए । सर्वोच्च अदालतले मङ्गलवार प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरिदिएको थियो । 

त्यसपछि उत्पन्न राजनीतिक अवस्थाका विषयमा प्रचण्ड-नेपाल समूहका नेकपा र काँग्रेस नेताहरू बीच उच्च तहमा छलफल हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ