कांग्रेससँग मिलेर ओलीकै नेतृत्वमा नयाँ सरकार बन्नेछ: महेश वस्नेत
प्रकाशित २०७७ फागुन १२ बुधबार
941
Shares
काठमाडौं । नेकपा ओली पक्षका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अबको सरकार पनि केपी ओली शर्माकै नेतृत्वमा बन्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै बस्नेतले मुलुकको राजनीति फेरि पनि ओलीकै वरिपरी घुम्ने बताए ।
वस्नेताले प्रचण्ड नेपाल पक्षलाई संकेत गर्दै भने, ‘केपी ओलीले राजीनामा दिनुभएको छैन, मुलुकको नेतृत्व फेरिपनि तपाईहरुको असक्षमताका कारणले ओलीको वरिपरी घुम्नेछ ।’
बस्नेतले अबको राजनीतिक विकल्प भनेको कांग्रेससँग मिलेर ओलीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।
उनले भने, ‘कांग्रेसभित्रका लोकतन्त्रवादी इमान्दार साथीहरुले फेरि केपी ओलीको नेता मानेर यो मुलुकको संकटलाई निकास दिने सम्भावना छ ।’