arrow

मृतकको सङ्ख्या मिलाइयो

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
Dr_Jageshwar-Gautam-_brifing.JPG

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१८ जना थप गरिएको बताए ।

योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६८४ जना पुगेका छन् । मङ्गलवार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका संक्रमितको तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका हुन् ।

उनले मन्त्रालय र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका जानकारी दिनुभयो । “सिसिएमसीले संक्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो”, उनले भने, “सिसिएमसीले प्रस्तुत गरेको तथ्याङ्कमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो ।” संक्रमणबाट निधन भएका सङ्ख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो ।

सोही समितिले कोभिड-१९ बाट निधन भएका कुन हुने र कुन होइन भनेर अध्ययनका आधारमा निधन भएका नयाँ सङ्ख्याको निकालिएको हो । उनले विश्लेषणका आधारमा भविष्यमा पनि निधन सङ्ख्या थपघट हुनसक्ने बताए ।

नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना संक्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ