arrow

जसपासँग प्रचण्ड-नेपालले गरेको कुराकानी राजेन्द्र श्रेष्ठले खुलाए

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
rajendra-shrestha1.JPG

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको भेटवार्ता भएको उल्लेख गर्दै उक्त भेटमा प्रचण्ड-नेपालले आजको नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको  सुनाए ।

श्रेष्ठले यसअघि नै संसदमा प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव राखेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे जिज्ञासा राखेको पनि सुनाए । जवाफमा प्रचण्ड-नेपालले हिजोमात्रै नेपाली कांग्रेससँग वार्ता गरेको सुनाएका थिए । प्रचण्ड-नेपालले भनेको कुरा सुनाउँदै उनले भने,‘हिजोको परिस्थितिमा समस्या टार्नको लागि, ओलीजीको कदम रोक्न त्यो कदम चाल्यौं । तर, उहाँहरुले संसद् विघटन गर्नुभयो । बिहिबारको नयाँ परिस्थितिमा तीन वटा पार्टी हामी, कांग्रेस र तपाईँहरु बसौं, जसको नाममा सहमति हुन्छ, त्यसलाई वैकल्पिक प्रधानमन्त्री सहित नयाँ प्रस्ताव  दर्ता गर्न सकिन्छ ।’ उनले अहिले नै को प्रधानमन्त्री बन्छ ? भनेर न्वारान गर्ने बेला भैनसकेको पनि टिप्पणी गरे ।

उनले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी गरे । श्रेष्ठले भने,‘पहिला बच्चा जन्मनुपर्यो । अनिमात्रै न्वारान हुन्छ । कसको समिकरण बन्छ ? भन्ने कुरा बाहिर आउनुपर्छ । नेकपा राजनीतिक रुपमा विभाजन भएपनि कानूनी रुपमा विभाजन भएको छैन् । अहिले बहुमतको विपक्ष भैरहेको छ । यो अवस्था सिर्जना भैरहेको छ । कानूनी रुपमा पनि मान्यता प्राप्व्त हुनुपर्छ । औपचारिक रुपमा विभाजन भएपछि नै प्रक्रिया अघि बढ्छ । अहिले यो कुरा जगजाहेर छ । राजनीतकि रुपमा विभाजन भयो नेकपा । कानूनी रुपमा एउटै छ । विभाजनको प्रक्रिया पूरा भएको छैन् । अनिमात्रै थप छलफल हुन्छ ।’

''हिजो म र नेकपा प्रचण्ड-नेपाल समूहका नेताहरुसँग कसरी जान सकिन्छ ? भन्ने विषयमा थोरै कुराकानी भएको थियो । र, बिहिबार चाहीँ औपचारिक रुपमा कुराकानी भएको छ । बिहिबार चाहीँ दुई पार्टीको बीचमा औपचारिक वार्ता भयो । वार्तामा नेकपाको तर्फबाट कमरेड प्रचण्ड, कमरेड माधव नेपाल दुवै अध्यक्ष हुनुहुन्थ्यो, हाम्रो तर्फबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र म गरी तीन जना थियौं । वार्तामा प्रचण्ड कमरेड र माधव कमरेड दुवैले बिहिबारको सन्दर्भमा हामीले चाहेपनि नचाहेपनि एउटा नयाँ ढंगले बढ्नुपर्ने आवश्यकत्ता यो देशले नै निर्माण गर्यो । नकारात्मक काम गरेर केपीले यो संसद विघटन गर्यो, त्यसको सकारात्मक परीणाम चाहीँ संसद पूनःस्थापना भएर सहकार्यको वातावरण बन्ने स्थिति आउँदैछ, हामीले सडकमा आ-आफ्नो ढंगले, आफ्ै पाराले, नेपाली कांग्रेसपनि सडकमा उत्रियो, यो प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदम हो भन्ने कुरामा कांग्रेस पनि निस्कियो । हामी पनि त्यसैगरि निस्कियौं । जनता समाजवादी पार्टीले पनि त्यही धारणा राखेर सडकमा आयो, यस हिसाबले तीनवटै पार्टी आफ्नो ठाउँबाट सडकमा उत्रियो, कार्यगत रुपमा हेर्दाखेरि एउटा मोर्चा नबनेपनि आफ्नो ठाउँबाट हामी एकै ठाउँमा पुग्यौं । त्यसकारण यो नकारात्मक प्रवृत्तिबाट हामी सकारात्मक ठाउँमा पुग्यौं भन्ने कुरा उहाँहरुले गर्दै अब नयाँ स्थितिमा हामीले पूनः संयुक्त भएर जाने वातावरण बनाउनुपर्यो । अविश्वासका प्रस्तावमा मिलेर जाऔं । संयुक्त रुपमा अविश्वासको प्रस्ताव राखौं । संवैधानिक व्यवस्थाअनुसार सहमतिको आधारमा नयाँ प्रधानमन्त्री चयन गरौं । सरकारमा पनि मिलेरै जाऔं । दुई वर्षभित्र देशका सबै समस्या हल गरेर जाऔं भन्ने प्रस्ताव राख्नुभयो । हिजोपनि मसँग त्यही प्रस्ताव राख्नुभएको थियो ।
 
र, हामीले त के भन्यौं भने-सहकार्यको प्रस्ताव आएको छ, यसको मोडालिटी प्रष्ट हुनुपर्छ । हिजोको आन्दोलनमा संविधान जारी बखतकै बेलामा ३० दलीय गठबन्धन थियो । आन्दोलनमा सहकार्य गर्दा, हिजोको जस्तो विश्वासको संकट हुनुहुँदैन भन्ने कुरा आयो । संविधान संशोधनको विषयमा हाम्रो मुद्दाहरु छन् । संविधानमा धेरैखाले त्रुटि छन् । हामीले संविधान संशोधनको कुरा पनि उठायौं । रेशम चौधरी, आन्दोलनको क्रममा उहाँमाथि झुठा आरोप लगाएको छ। सपथ गराउने अनि संसदमा हाजिर हुन नदिने काम भयो । सत्ता पक्षले द्धवेद्ध चरित्र देखायो । सहकार्य गर्न खुल्ला हृदय हुनुपर्यो । हामीले कुरा उठायौं । भविष्यको गन्तब्यको कुरा पनि गर्यौं ।

मुख्य कुरा के हो भने हिजोदेखि हामीले गर्दै आएका क्रियाकलापहरु, दलहरुको एजेण्डा छन् । सहकार्यका मोडालिटी कस्ता होलान् ? भन्नेमा ध्यान दिनुपर्छ । समिकरण प्राकृतिक हुनुपर्छ । असैद्धान्तिक र अप्राकृतिक गठबन्धन गर्यो भने बिहिबार फेरि सत्ताको लागि गठबन्धन हुन्छ । फेरि त्यो टुटछ । त्यसैले हाम्रो चाहीँ जोड के हो भने कुनैपनि गठबन्धन गर्दा प्राकृतिक हुनुपर्छ । संघीय लोकतान्त्रिक गठबन्धन स्विकार्य हुनुपर्यो । पहिचानसहितको संघीय शासनको कुरा गर्छौं । समानूपातिकक समावेशीमा केही केही बहस छन् । झुठा आरोपमा थुनिएका बन्दी रिहाई । समृद्धि र सुशासनमा लैजाने आधार हुनुपर्छ । ठोस आधार हुनुपर्छ । अनिमात्रै सहकार्यको सम्भावना हुन्छ । हामीले जवाफ मागेका छौं । प्रारम्भिक वार्ता भएको हो । कार्यकारिणी समितिको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ ।'' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ