arrow

एक सय बाह्र जना थपिए संक्रमित

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौँ । मुलुकमा थप ११२ कोभिड-१९ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

 गत २४ घण्टामा थप ४८ जना संक्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

 कोरोनाबाट हालसम्म दुई हजार ७६७ जनाएको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ