- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा संसदीय दलको प्रमुख सचेतक पदबाट नेता देव गुरुङ हटाइएका छन् । प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएका हुन् ।
ओलीले नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई जिम्मेवारी दिएको संसदीय दलका उपनेता सुवास नेम्बाङले हाम्रा कुरालाई जानकारी दिए ।
गुरुङ नेकपा प्रचण्ड माधव समूहमा छन् भने भट्टराई खोटाङबाट सांसद बनेका ओली समूहका नेता हुन् ।