arrow

एकताकै बेला ओलीले मलाई र माधवलाई निमोठेर सिध्याउने रणनीति लिएका थिए: प्रचण्ड

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
prachanda23.jpg

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्माले सबैभन्दा बढी माधव नेपाललाई गाली गर्ने गरेको बताएका छन् । एमाले र माओवादीबीचको एकतामा ओलीले नेपाललाई चार जिल्लामा मात्र सीमित गर्न खोजेको उनले सार्वजनिक गरेका छन् ।

नेकपा सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै ओलीले माधवलाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति बनाएको खुलाए ।

उनले एकताको सुरुका दुई वर्ष ओलीले सबैभन्दा बढी माधव नेपाललाई गाली गरेको बताए। बिस्तारै आफू पनि ओलीबाट पीडित हुन थालेपछि नेपालसँग सहकार्य अगाडि बढेको बताए।

पार्टीको आधिकारिकता र वैधानिकता आफूहरुले लिने दाबी गर्दै प्रचण्डले एकताका बेला ओलीले आफूलाई एमाले पार्टी हाक्ने दोस्रो नेता नभएका कारण आफूसँग एकता गर्न खोजेको बताएको स्मरण गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ