arrow

ओलीको राजीनामाबारे विष्णु रिमाल भन्छन् : २०५२ कै बाटो अवलम्बन गर्छौं

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
bishnu-rimal.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीले २०५२ कै बाटो अवलम्बन गर्ने संकेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि आफ्नो धारणा सामाजिक संजालमा राख्दै रिमालले २०५२ सालमा संसद विघटनको सिफारिश गर्दा हुने अहिले चाहीँ किन नहुने रहेछ ? भन्ने प्रश्न गरेका छन् ।

प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको तर अधिकारीले राजीनामा नदिएर अस्पतालबाटै जवाफ फर्काएका थिए ।

अधिकारीकै बाटोमा ओली जान तयार रहेको जनाउँदै रिमालले लेखेका छन्– प्रतिनिधिसभा विघटनको सिफारिस र सर्वोच्चबाट पुनःस्थापना, प्रधानमन्त्रीको राजिनामा र नैतिकताको प्रश्न यी बिषयमा –प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा पनि थियौं र अहिले पनि छौं। त्यो बेला जे गरेका थियौं, भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ । जिज्ञासा मात्र ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ