arrow

भूकम्पले भत्किएको गौतम बुद्ध माविको पक्की भवनको सांसद मोहन आचार्यद्वारा उद्घाटन

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
mohan-acharya-school-rashua.jpg

रसुवा। रसुवाको नौकुण्ड गाउँपालिका-३ पाच्र्याङ स्थित गौतम बुद्ध माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको छ। २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले भवन भत्किएपछि टहरामा सञ्चालन हुँदै आएको थियो। विद्यालय जापान सरकार र शान्ति भोलेन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एवम् ग्रामीण विकास समाज नेपालको समन्वयमा विद्यालयको १२ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो।

नवनिर्मित भवनको शुक्रवार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गरेका छन्। विद्यालय भवन उद्घाटन गर्दै सांसद आचार्यले अब ग्रामीण क्षेत्रको विद्यालयहरूलाई क्याम्पस तहमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने बताए। जनप्रतिनिधिको हैसियतले शिक्षा क्षेत्र मात्र नभएर सडकको बिस्तार, खानेपानी पर्यटन प्रवर्द्धन, कृषि र रोजगारीको क्षेत्रमा समेत आफूले काम गरिरहेको उनले बताए।

२०७२ सालको महाभूकम्प पछि विद्यालय टहरामा पठनपाठन भइरहेको थियो। अहिले भूकम्प प्रतिरोधी पक्की भवनमा पठनपाठन गर्न पाउँदा अत्यन्तै खुसी लागेको विद्यालयका प्रधानाध्यापक सुभद्र लामाले बताए।

४ करोड २२ लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको ग्रामीण विकास समाजका अध्यक्ष पदम उप्रेतीले बताए। भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घले, शान्ति भोलेन्टियर एसोसिएसन नेपालका निर्देशक ताकाफुमी मियाके लगायतको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ