arrow

वीरगन्जमा एम्मस हस्पिटलको शाखा स्थापनाको माग

भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसंग सांसद यादवको भेटवार्ता

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
jsp-pradip-yadav.jpg

वीरगन्ज। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रदीप यादव र भारतको केन्द्रीय सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा. हर्षबर्धनबीच दिल्लीको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ। हालै भारतको अनौपचारिक भ्रमणमा राजधानी दिल्ली पुगेका सांसद यादवले वर्तमान सङ्कटपूर्ण घडीमा भारत सरकारले १० लाख डोज कोरोनाको खोप सहायता स्वरूप प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

त्यसतै भारतले नेपालमा भूकम्प बाढी पहिलो र अन्य सङ्कटको बेला नेपाललाई सहयोग गर्दै आएको प्रसङ्गसमेत जोड्दै भारत सरकार र त्यहाँको स्वास्थ्य मन्त्रालयलाई सांसद यादवले धन्यवाद व्यक्त गरेका थिए। भारतमा सत्तारुढ भारतीय जनता पार्टीको विहार प्रान्तका उपाध्यक्ष एवं मुज्जफरपुरका लोकसभा सदस्य अजय निषाद लगायतका नेताहरूको विशेष उपस्थितिमा भएको उक्त भेटवार्तामा नेपालको वीरगन्जमा भारतमा आधुनिक उपचारको लागि विश्वस्तमा चिनिएको संस्था ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ (एआइएमएस) हस्पिटल दिल्लीको शाखा नेपालको वीरगन्ज स्थापना गर्नसमेत सांसद यादवले मन्त्री बर्धनसंग विशेष माग राखेका थिए।

स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र दिँदै नेपालको तराइ तथा भारतीय सीमावर्ती जनताहरूको अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रदेश नम्बर २ को सरकारसङ सहकार्य गर्दै एआइएमएस हस्पिटलको शाखा उपलब्ध गराउन अनुरोध गरेका थिए।

उक्त हस्पिटलले हालसालै भारतका विभिन्न पाँच सहरमा शाखा स्थापना गरेको छ। मिडिया फोर बोर्डर हार्मोनी भारतका संरक्षक रहेका लोकसभा सदस्य अजय निषादले वीरगन्जमा एआइएमएस हस्पिटलको शाखा स्थापना गर्दा नेपाल र भारतका लाखौँ सीमावर्ती जनताहरू दिल्ली धाउनु पर्ने बाध्यता समाप्त हुने बताए।

सांसद निषादले विशेष पहल गरिदिन मन्त्री हर्षबर्धनलाई आग्रह गरेका छन्। मन्त्री हर्षबन्र्धनले नेपाली जनताको लागी भारत सरकार र आफूबाट हुन सक्ने सक्दो सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ