arrow

मेस्सीको गोलमा जित्यो बार्सिलोना

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
messi69.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोना विजयी भएको छ । उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकाल्ने क्रममा शनिबार रातिको खेलमा सेभियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चौथो स्थानको सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन  मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । यो जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ । 

अन्य खेलको नतिजा 
आइबर १–१ हुएस्का
डेपोर्टिभो अलाभेस ०–१ ओसासुना
गेटाफे ३–० भ्यालेन्सिया

अंक तालिका
शनिबारका खेलपछि बार्सिलोना २५ खेलबाट ५३ अंकसहित दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानको एथलेटिको मड्रिडको २३ खेलमा ५५ अंक छ । 

तेस्रो डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडको २४ खेलबाट ५२ अंक छ । चौथो स्थानको सेभियाको २४ खेलमा ४८ अंक छ । पाँचौं रियाल सोसिडाडको ४१ अंक छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ