arrow

३६ वटा योजनाको शिलान्यास र उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाँदै 

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
kp-sharma-oli-pm.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा जाँदैछन् । झापाको आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि ओली जान लागेका हुन् । 

ओलीले नेपाल–चीन औद्योगिक पार्कको शिलान्याससमेत गर्र्दैछन् । यो पार्क विवादित पार्क हो । दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई चीन–नेपाल मैत्री औद्योगिक पार्क नाम दिइएको छ ।

ओलीले रतुवा खोलामा निर्माण गरिएको पुलको पनि उद्घाटन गर्ने छन् । 

शिलान्यास गर्ने काममा सबैभन्दा अगाडि रहेका ओलीले आफ्नो कार्यकालमा गरेका शिलान्यास कति पूरा भए भन्ने लेखो छैन । 

त्यसैगरी उद्घाटन गर्न पनि निकै माहिर ओलीले कार्य संचालन भइसकेका पुराना योजनाको पनि उद्घाटन भइरहेका छन् । 

ओली आइतबारै काठमाडौं फर्कने कार्यक्रम छ । 

ओलीले विवादास्पद चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै, मुआब्जा विवादबारे पार्क अध्यक्ष अनभिज्ञ

प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने औद्योगिक पार्कको स्थानीयकै विरोध, विस्थापित गर्न खोजे प्रतिकार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ