arrow

अदालतमा प्रचण्ड

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
Prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवोच्च अदालतमा गएका छन् । अदालतको अवहेलना मुद्दामा आफैं लिखित जवाफ पेश गर्न उनी आइतबार सर्वोच्च अदालत गएका हुन् । 

जवाफमा प्रचण्डले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गरेका छन् । 

उनले जवाफमा भनेका छन्, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

अदालतको अवहेलना मुद्धामा आफैं लिखित जवाफ पेश गर्न आदेश दिएसँगै प्रचण्ड आफैं अदालत गएका हुन् । 

संसद पुनःस्थापना हुनुअघि प्रचण्डले सर्वोच्चलाई चेतावनी दिँदै राजधानीमा भएको एक कार्यक्रममा ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतारेर गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । 

न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने रिट निवेदनमा जिकिर गरिएको छ ।

यसअघि सर्वोच्चमा संसद विघटनको मुद्दा विचाराधीन रहेका बेलामा त्यस्तैगरी अभिव्यक्ति दिने चार पूर्व प्रधानन्यायाधीशहरु, पूर्व सभामुख दमननाथ ढुङ्गाना र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफैं उपस्थित भएर सर्वोच्चमा लिखित जवाफ पेश गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ