arrow

कांग्रेस जता जान्छ अविश्वासको प्रस्ताव पास फेल त्यतै जान्छ – रामनारायण बिडारी

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
ramnarayan-bidari.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता एवं राष्ट्रिय सभा सांसदले रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका ९५ प्रतिशत कुरा लागु नहुने दाबी गरेका छन् । 

उनले भने, ‘आर्काले गर्ने काम उहाँले अर्डर गर्ने हो र ? उहाँले बोलेका कुराको ९५ प्रतिशत लागु हुँदैन । ५ प्रतिशतको आधा लागु हुन्छ ।’

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा बोल्दै नेता बिडारीले ओलीलाई निरन्तर आरोप लगाउँदै भने, ‘यो संसदले काम गरेन । यो फाल्तु भनेर भन्नेले मैले गल्ती गरेँ मलाई राख्दिनुस् भन्न सुहाउँछ ? अस्ति सर्वोच्चलाई चुनौती दिनुभयो अहिले फेरि संसदलाई चुनौती दिने ? कहिले सेनालाई च्यालेन्ज दिने कहिले पुलिसलाई च्यालेन्ज दिने ।’

उनले फागुन २३ गते संसद बैठक चल्ने भन्दै उनले संसदले नै ओलीको बारेमा निर्णय गर्ने बताए । उनले ओलीलाई हटाउन संसदबाट गाह्रो नहुने पनि बताउँछन् । 

उनले भने, ‘ओलीलाई संसदीय दल र पार्टीबाट हटाएको छ भने अब कुनै गाह्रो नहोला । अर्को प्रधानमन्त्री नभएसम्म उहाँ नै हुने हो । अरु केही गर्न सक्नुहुन्न ।’

नेता बिडारीले कांग्रेस जता जान्छ अविश्वासको प्रस्ताव पास फेल त्यतै हुने बताएका छन् । 

उनले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न खडा गरेका छन् । नेकपा दल विभाजनबारे आयोगले बेवास्ता गरेको र गैरजिम्मेवारी भूमिका खेलेको भन्दै उनले भने, ‘ 
दल विभाजन निर्वाचन आयोगले गर्नुपर्ने हो । निर्वाचन आयोगलाई संवैधानिक बनाएको पनि गल्ती भएछ कि । जनआन्दोलन निर्वाचन आयोगविरुद्ध गर्नुपर्ने भयो । कतिपय देशमा निर्वाचन आयोग गृहमन्त्रालय अन्तर्गत छन् ।’

आक्रोशित हुँदै उनले भने, ‘ऐन कानून हेर्न कति समय लाग्छ निर्वाचन आयोगलाई ? कहिले गर्छ टुङ्गो दल विभाजनको ?’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ