arrow

डा.भट्टराईलाई क्यान्सर नभएको प्रमाणित, ट्यूमरको चाँडै शल्यक्रिया गर्नुपर्ने 

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
baburam5.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष आएको छ । भारतको नयाँदिल्लीमा उपचाररत डा.भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा चिकित्सकले परीक्षण गरेका थिए ।

तर उनलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले ट्वीटरमार्फत जानकारी गराएका छन् । तर उनलाई चाँडै शल्यक्रिया गर्न भने चिकित्सकहरुले सुझाव दिएका छन् । उनको बायोप्सी, डोटानोक, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीइटी सीटी स्क्यानसहितका परीक्षणपछि चिकित्सकहरुले उनलाई क्यान्सर नभएको बताएका हुन् । 

देखिएको ट्युमरलाई भने बेलैमा ढिला नगरी दुई तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । बेलैमा शल्यक्रिया नगरे क्यान्सर हुन सक्ने खतरा रहेको भनी सचेत गराइएको छ ।

भट्टराईको गत फेब्रुअरी २२ मा भारतको दिल्लीस्थित यकृत उवं पित्त विज्ञान संस्थानमा स्वास्थय परीक्षण भएको थियो । उनले प्रा।डा।विक्रम भाटियासँग परामर्श लिएका थिए । उनी मंगलबार (फागुन १८)गते नेपाल वायुसेवामार्फत काठमाडौं फर्कने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ