arrow

प्रचण्ड-नेपाल पक्षले केन्द्रीय कमिटी बैठक छिट्टै बोलाउने, प्रमुख सचेतक गुरुङलाई हटाउने निर्णय अमान्य

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
prachanda-madhavs.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल पक्षले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न छिट्टै स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

उक्त पक्षको सोमबार विहान सिंहदरबारमा बसेको सचिवालय बैठकले विकसित पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाउने निर्णय गरेको हो ।
केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने तय भएको प्रवक्त नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिएका छन् ।
बैठक संभवत फागुन १९ गते तयारी भएको छ । 

बैठकमा आउने सदस्यहरुलाई सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिने उनले बताए । केन्द्रीय कमिटी बैठक अघि नै स्थायी कमिटि बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।

सोमबारको बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरुले निर्वाचन आयोग समक्ष गरेको दाबीका आधारमा संविधान र दल ऐनअनुरुप छिट्टै निर्णय गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय स्वेच्छाचारी भएको भन्दै त्यो मान्य नहुने पनि बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ