arrow

राष्ट्रपतिबाट संसद बैठक आव्हान हुँदै

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
bidyadevi.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनका लागि संसद बैठक आव्हान गर्ने भएकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार २३ फागुनका लागि संसद बैठक आव्हान गर्ने तयारी गरेकी हुन् । सो दिन दिउसो ४ बजे बैठक बस्ने गरी बैठक आव्हान गर्ने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको र केही बेरमा विज्ञप्ति सार्वजनिक हुने जानकारी दिए ।

गत शुक्रबार बसेको मन्त्री परिषद् बैठकले संसद बैठक आव्हानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको भनिएको थियो । तर सो दिन मन्त्रिपरिषदद्वारा संसद बैठक बोलाउने विषयमा कुनै निर्णय नभएको र सोमबार (आज) बसेको मन्त्रिपरिषद्ले सो बारे निर्णय गरेको बताइएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले आज मात्रै मन्त्रिपरिषद्को निर्णयको पत्र प्राप्त भएको बताए । यसअघि निर्णय भएको भनिए पनि आधिकारिक पत्र राष्ट्रपति कार्यालय नपुग्दा बैठकको टुंगो लागेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ