arrow

राष्ट्रपति भण्डारीबाट फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान 

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
bidyadevi11.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।

सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

सोमबार अपरान्ह राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी ताजा जनादेशमा जान आह्वान गरेकी थिइन् । तर सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ