arrow

देशलाई तीव्र गतिमा विकास गरेकाले ममाथि शारीरिक हमलाको खतरा छ: प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
kp-olis3.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रभावकारी रुपमा अघि बढेको देखेर आफूमाथि सम्पूर्ण रुपमा हमला भएको बताएका छन् ।

सोमबार नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई तीव्र गतिमा विकास गरेकाले आफूमाथि हमला भइरहेको बताएका हुन् ।

आफू नरहेपनि पार्टीको भविष्य अन्धकार हुन नदिने बताउँदै ओलीले भने, ‘शारीरिक हमला भएर ममाथि तल/माथि भए पनि अनौठो नमाने हुन्छ’ उनले अगाडि भने,‘म रहिन भने पनि केही छैन। हाम्रो आन्दोलन छ। यो आन्दोलनले प्रतिक्रियावादी तत्त्वहरुसँग घुडा टेक्न हुँदैन।’

ओलीले नेपालको विकास तीव्र गतिमा अगाडि बढिरहेकाले देश/विदेशका तत्त्वहरु पार्टीलाई ध्वस्त गर्न लागिपरिरहेको पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ