arrow

आँखा शिविरबाट ९ सय ३३ लाभान्वित

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ फागुन १७ सोमबार
eyes-checked-regularly.jpeg

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाको आयोजनामा लवनीमा सञ्चालित ३ दिने निःशुल्क आँखा शिविरमा ९ सय ३३ ले आँखाको परीक्षण गराएका छन् । जसमध्ये २ सय जनालाई मोतिया विन्दुको समस्या भएकोले मोतिया विन्दुको अप्रेसनको लागि रेफर गरिएको छ ।

ग्रामीण क्षेत्रका गरिब जनताको आँखाको समस्यालाई मध्यनजर गर्दै शुदोधन गाउँपालिकाले ३ दिने आँखा शिविर लवनीमा सम्पन्न गरेको थियो । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

सामान्य समस्याको लागि प्राविधिक टोली द्वारा उपचारको व्यवस्था गरिएको थियो भने मोतिया विन्दु भएका बिरामीलाई अप्रेसनको लागि भैरहवा स्थित रणअम्विका आँखा अस्पताल रेफर गरिएको छ । अप्रेसन गरेर आएका विरामलाई गाउँपालिकाबाट ५ हजार रुपैयाँको चेक प्रदान गरिने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले बताए । सुदृष्टि प्रतिष्ठान नेपाल काठमाण्डौको टोलीले सहकार्य गरी आँखाको चेकजाच गरेको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य संयोजक अस्फाक अहमद खां, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमकी सहजकर्ता उषा गौतम लगायतको सहभागिता रहेको थियो । गाउँमै आँखाको चेक तथा उपचार गर्न पउँदा स्थानीयहरू खुसी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ