arrow

अदालतको फैसलापछि ओली पाहा पछारिए झैं पछारिए : प्रचण्ड

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
prachanda23.jpg

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि पाहा पछारिए झैं पछारिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताएका हुन् ।

प्रचण्डले ओली सम्पूर्ण रुपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने पनि बताए । उनले ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिंदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गरे । उनले भने,‘नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक छैनन् ।’

संसद् विघटनपछि ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदिएकाले निर्वाचन आयोगको हल्लाको सेटिङ पनि भत्किने दाबी गरे । पार्टीको आधिकारिकता पनि निर्वाचन आयोगले आफूहरुलाई नै दिने उल्लेख गर्दै प्रचण्डले दुविधामा रहेका नेता कार्यकर्तालाई फर्किन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ