arrow

बार्सिलोनाका पूर्व अध्यक्षसहित तीन जना पक्राउ

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
joseph-maria-barcelona.jpg

काठमाडौं । स्पेनिश ला लिगा क्लब बार्सिलोनाका सीईओ तथा पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ गैरकानूनी कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

उनीमाथि क्लबको अध्यक्ष भएको समयमा गैरकानूनी कार्य गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बार्टोमेउसँगै क्लबका सीईओ ओस्कार र कानुनी अधिकृत रोमनलाई समेत पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा मारेकोसमेत बताइएको छ । उनले गत वर्षमात्रै क्लबका कप्तान एवं स्ट्राइकर लियोनल मेस्सीसँग विवाद भएपछि बोर्टेमोउले बोर्डबाट राजीनामा दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ