arrow

‘छिमेकमा आगो लागेपछि आफ्नो घरमा पनि आगो लाग्छ’

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई धेरै नाटक नदेखाउन आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा मंगलबार बिहान स्टाटस लेख्दै नेता भण्डारीले ‘एक अर्काको कछाड तानातान र शब्दबाण र हानाहानले न त देश, न जनता र न नर्तकहरुले केही पाउने हो’ भन्दै धेरै नाटक नदेखाउन आग्रह गरेका हुन् । 

उनले ‘सत्ता केन्द्रित र प्रतिक्रियावादी राजनीतिक चिन्तनले विचार र कर्मलाई कमजोर बनाउँछ’ भन्दै ‘त्यस्तो राजनीतिले हामीलाई कहाँ पुर्याउँछ ?’ भनी प्रश्नसमेत गरेका छन् । 

नेकपाको किचलो तीव्र रुपले बढेर फुटका लागि औपचारिकतामात्र कुरिरहेका सन्दर्भमा नेता भण्डारीले ‘छिमेकमा आगो लागेपछि आफ्नो घरमा पनि आगो लाग्छ’ भन्ने कुरा नभुल्न सचेत गराएका छन् । 

उनले लेखेका छन्, ‘त्यसको लागि सर्तक त आफु नै हुने हो । जति द्वन्द्व  बढ्दै जान्छ खेल्ने मैदान बढ्दै जान्छ ।’

निर्वाचन आयोगमा नेकपाको आधिकारिकता दाबी गर्दै नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूह गइरहेका छन् । आयोगले भने कुनै निर्णय दिएको छैन । टारिमात्र रहेको छ । 

उक्त क्रममा दुवै पक्षका नेताहरुले भने आरोप प्रत्यारोप गर्ने क्रममा तल्लो स्तरको हर्कतसमेत देखाउन थालेका छन् । 

यतातर्फ सचेत गराउँदै नेता भण्डारीले ‘हेरेक निर्णय गर्ने आधार विधि हो । कमरेडहरु धेरै नाटक नदेखाउ’ लेखेका छन् । 

नेता भण्डारीले ‘छिमेकका आगो लागेपछि आफ्नो घरमा पनि आगो लाग्छ’ भन्ने उक्ति दिँदै आफ्नो पार्टी कांग्रेसभित्र पनि त्यो आगो सल्कन सक्नेतर्फ समेत संकेत गरेको बुझ्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ