arrow

आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग गर्न माग

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
SP-Taplejung.jpg

फुङ्लिङ ।  नेकपा प्रचण्ड-नेपाल समूहका प्रेस सङ्गठन इन्चार्ज योगेशकुमार भट्टराईले आगलागीबाट विस्थापित परिवारलाई दीर्घकालीन पुनर्स्थापनाका लागि भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरेका छन् ।

पूर्व मन्त्री भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “बुधवार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा आगलागी भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।”

 स्थानीय प्रशासनको प्रारम्भिक विवरणअनुसार आगलागीबाट ४७ वटा घर जलेर नष्ट हुँदा ७९ परिवार विस्थापित भएका छन् । अधिकांश घरमा पसल रहेकाले पसलका सम्पूर्ण मालसामान जलेर नष्ट भएका छन् । घरमा मानिसको आवास पनि रहेकाले घरायसी सामान पनि पुरै क्षति भएको छ ।

आगलागी हुन साथ त्यसलाई नियन्त्रणमा लिन स्थानीय जनसमुदाय तथा सुरक्षाकर्मीले गरेको प्रयत्नका बाबजुद साँघुरो बजार, खुला ठाउँको अभाव तथा दमकललगायत साधन अभावका कारण ठुलो मात्रामा क्षति हुन पुगेको छ ।

आगलागीलाई नियन्त्रणमा लिन प्रयत्न गर्ने स्थानीय जनसमुदाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दमकल चालक, स्वयंसेवकलगायत सबैमा भट्टराईले धन्यवाद व्यक्त गरेका छन् ।

भट्टराईले विज्ञप्तिमा भनेका छन्, “आगलागीका कारण आवासविहीन भएका स्थानीयलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनर्स्थापना लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गर्दछु ।”  

पीडितप्रति सहानुभूति प्रकट गर्दै आवश्यक राहत तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने भट्टराई प्रतिबद्धता  गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ