- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता भएको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको थियो । पुनः बुधवार (आजै) फेरी सरकारले सो समूहको वार्ता टोलीसँग दोस्रो चरणको वार्ता गरेको हो ।
दोस्रो चरणको वार्ता कहाँ गरियो भन्ने बारे केही खुलाइएको छैन । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधवार नै भएको जानकारी दिएका हुन् ।
‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ भट्टराईले ट्विटमा लेखेका छन् ।