arrow

छोरी भगाएर बेपत्ता, सत्य तथ्य बाहिर ल्याउन आग्रह

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
sivraj-timalsina1.JPG

काठमाडौं । स्थायी घर बर्दिया ठाकुरबाबा नगरपालिका-१ की वर्ष २२ की तुलसी तिमल्सिना बेपत्ता भएको भन्दै उनको परिवार मिडियामा आएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तुलसीका बुवा शिवराज तिमल्सेना, काका अर्जुन प्रसाद तिमल्सेना र अर्का काका कृष्ण तिमल्सेनाले छोरी कहाँ छिन् ? भन्ने सत्य, तथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

परिवारका अनुसार गत साउन १७ गते तुल्सीलाई अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मंसिरमा पहिलो हप्ता भारतको पुनेमा लगेका थिए । भारतमा रहँदा तुल्सी आफ्नी आमासँग नियमित सम्पर्कमा थिईन् । तर, भरतले तुलसीलाई पटक-पटक यातना दिएको पनि उनीहरुको दाबी छ ।

फागुन ८ गते भरतले तुल्सीलाई पिटेको र उक्त भिडिओ भरतले नै तुलसीका  काकालाई पठाएको पनि परिवारको भनाई छ । र, त्यही फागुन ८ गतेदेखि नै तुल्सी सम्पर्कविहीन भएको जनाईएको छ । यताबाट परिवारले भरतलाई फोन गर्दा उसले तुलसी भागी भन्ने जवाफमात्रै दिएको पनि तुलसीका परिवारका सदस्यहरुले जनाएका छन् ।

जवाफमा भरतले भारतमा खोज्छु भन्ने जवाफ दिएको तर, आफूहरुलाई उसको जवाफ पनि चित्त नबुझेपछि प्रहरीमा उजुरी दिएको काका अर्जुनप्रसाद तिमल्सेनाले जानकारी दिए । उनले भने,‘हामलिे नयाँ बानेश्वरमा उजुरी दियौं । किटानी जाहेरी दिएको हो । तर, प्रहरीले निवेदन लिन मानेनन् । फागुन १४ गते हामी अछाममा गयौं, त्यहाँ पनि किटानी जाहेरी लिएनन् । ठाडो निवेदन दिन भनियो ।’

कार्यक्रममा तुल्सीको काका कृष्ण तिमिल्सेना, बुवा शिवराज तिमल्सेना र अर्का काकाले अर्जुन प्रसाद तिमल्सेनाले आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले तुलसी बेपत्ता भएको आज यत्तिका दिन बित्दापनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्य, तथ्य पत्ता लगाउन सरकारसमक्ष माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ