arrow

ओलीलाई हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता : बस्नेत

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
mahesh-basnet.JPG

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको प्रचण्ड-नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन्।

भरतपुर एकमा कार्यक्रममा उनले  भने, “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।” उनले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गरे।

“दाहाल-नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उनहरुलाई सूर्य चिह्नको माया लागेको छ”, उनले भने, “आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।”

कार्यक्रममा युवा सङ्घका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५०१ लाई शपथ ग्रहण गराउनुभएको थियो । जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ