arrow

कोपा डेल रेमा बार्सिलोनाको नाटकीय जित, पुग्यो फाइनलमा

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
barcelona33.jpg

काठमाडौं । स्पेनिश कोपा डेल रे मा ला लिगा क्लब बार्सिलाना फाइनलमा पुगेको छ । सेमिफाइनलको दोस्रो लेगमा सेभियाविरुद्ध नाटकीय जित निकाल्दै बार्सिलोना फाइनलमा पुगेको हो । 

बुधबार राति घरेलु मैदानमा खेलेको बार्सिलोना ३–० गोल अन्तरले विजयी भयो । १२ औं मिनेटमा अस्माने डेम्बेले तथा ९० औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै २–० को अग्रता लिएको बार्सिलोनाले समग्रमा २–२ गोलको बराबरी गरेपछि थपिएको अतिरिक्त समयको ५ मिनेटमै मार्टिन ब्रेथवेतले गोल गर्दै बार्सिलोनालाई समग्रमा ३–२ ले जिताए । 

पहिले लेगमा फेब्रुअरी ११ मा भएको खेलमा सेभियाले घरेलु मैदानमा २–० गोल अन्तरको जित निकालेको थियो । 

दोस्रो लेग भने तनावपूर्ण रह्यो । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पहेँलो कार्ड खाए । ७३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोस पेनाल्टीमा गोल गर्न चुके । 

९० औं मिनेटमा फर्नान्डोले दोहोरो पहेँलो कार्ड खाँदा सेभिया १० जनामा सीमित भयो । १०३ मिनेटमा ल्युक डे जोङले रातो कार्ड खाँदा सेभिया ९ खेलाडीमा समेटिएको थियो । 

बार्सिलोनाले अब उपाधिका लागि लेभान्ते र एथलेटिक बिलबाओबीचको विजेतासँग खेल्नेछ । यो खेलको दोस्रो लेग बिहीबार राति हुनेछ । पहिलो लेगमा एथलेटिकको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ