arrow

विप्लव समूहसँगको सहमति र सम्झौता ऐतिहासिक भएको गृहमन्त्रीको दाबी

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
badal3.jpg

काठमाठौं । सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहविच तीन बुँदे सहमति भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यो ऐतिहासिक सहमति र सम्झौता भएको दाबी गरेका छन् ।

सहमति भएको प्रेस नोट सार्वजनिक हुनेवित्तिकै गृहमन्त्री थापाले सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएको दाबी गरेका हुन् ।

उनले लेखेका छन्, ‘यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई।’उनले अगाडि थपेका छन्,‘सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ