arrow

प्रधानमन्त्री र विप्लवले शुक्रवार दुई बजे सहमति पत्रमा हस्ताक्षर गर्ने, राष्ट्रिय सभागृहमा सम्बोधन 

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । 

आजै सहमति पत्र तयार भइसकेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार भोलि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमति पत्रमा हस्ताक्षर गर्दै पत्र सार्वजनिक गर्ने छन् । पत्र सार्वजनिक गरेपछि प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रमसमेत तय भइसकेको छ । 

बिहीबार सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको हो । सहमतिको प्रारम्भिक पत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका तर्फबाट संयोजक रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ