arrow

प्रचण्ड-नेपाल समूह पार्टी आधिकारिकताका लागि तेस्रो पटक निर्वाचन आयोग जाँदै 

पार्टी कार्यालय पेरिसडाँडामा नागरिकता र परिचय पत्र संकलन

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
Prachanda-Nepal.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह पार्टीको आधिकारिकता माग गर्न तेस्रो पटक निर्वाचन आयोग जाने भएको छ ।

नेकपा नेतृ पम्फा भुसालले बिहीबार(आज) २ बजे अध्यक्षद्वय पुष्पकमल दहाल ‘प्रचण्ड’ र माधव नेपालसहित नेकपा नेताहरु निर्वाचन आयोग जाने जानकारी दिइन् ।

अहिले पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्य र सांसदहरुलाई नागरिकतासहित बोलाइएको छ । उनीहरु हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेर आयोग जाने तयारी गरिरहेको हो ।

यसअघि संसद विघटन भएपछि पहिलो पटक आधिकारिकता माग गर्दै आयोग गएको थियो भने दोस्रो पटक २० माघमा पुनः आधिकारिकता माग्दै आयोगमा यो समूहले पत्र बुझाएको थियो ।

तर निर्वाचन आयोगले भने नेकपा विवादको निर्णयलाई टुंगोमा लैजान आलटाल गर्दै आइरहेको छ । बुधबार मात्रै पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले आयोगलाई नेकपा विवादको निर्णय टुंग्याउन ढिलो हुँदा निर्वाचन आयोगको साखमा नै प्रश्न उब्जिन थालेको भन्दै आयोगलाई दबाब दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ