कम्युनिस्टहरूसँग ‘जवज’बाहेक अर्को विकल्प छैन, सहमति उल्लेखनीय: विष्णु रिजाल
प्रकाशित २०७७ फागुन २० बिहिबार
752
Shares
काठमाठौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता विष्णु रिजालले सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहविच भएको सहमतिलाई जनताको बहुदलीय जनवाद(जवज)बाहेक कम्युनिस्टहरूसँग अर्को विकल्प छैन भन्ने यस घटनाले पुनःपुष्टि गरेको बताएका छन् ।
उनले सामाजिक संजालमार्फत विप्लव नेतृत्वको नेकपाले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी सरकार र उक्त पार्टीबीच सहमति हुनु स्वागतयोग्य हो भनेका छन् ।
उनले भनेका छन् , ‘समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन यस कदमले महत्वपूर्ण योगदान गर्ने विश्वास गर्न सकिन्छ ।’
नेता रिजालले लेखेका छन्, ‘जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिस्टहरूसँग विकल्प छैन भन्ने यस घटनाबाट पनि पुनर्पुष्टि भएको छ।
कथित ‘पृथक् राज्य’ को माग राख्ने सीके रावत र कथित ‘समग्र युद्ध’ को नारा लगाउने विप्लवलाई शान्तिपूर्ण दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय मान्नुपर्छ ।’