arrow

‘प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग जाने कुनै कार्यक्रम छैन्’

छुटेका साथीहरुको नागरिकता र परिचय पत्र संकलन हुँदैछ : नेता रिजाल

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
Prachanda-Nepal.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल समूहका नेता विष्णु रिजालले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोग जाने आफ्नो पक्षको कुनै कार्यक्रम नभएको बताएका छन् ।

‘पार्टी आधिकारिकताका लागि प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोग जाँदै’ भन्ने समाचारहरु आएपछि नेता रिजालले आज-भोली आयोग जाने कार्यक्रम तय नभएको हाम्राकुरालाई जानकारी दिए ।

उनले पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्यहरुको नागरिकता र परिचय पत्र संकलन भने जारी रहेको जानकारी दिए । उनले भने,‘छुटेका साथीहरुको नागरिकता र परिचय पत्र भने मगाएका छौं ।’

रिजालले सामाजिक संजालमा पनि लेखेका छन् ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।’

पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्य र सांसदहरुलाई नागरिकतासहित भने बोलाइएको छ । उनीहरु हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन भइरहेको छ ।

संसद विघटन भएपछि पहिलो पटक आधिकारिकता माग गर्दै आयोग गएको थियो भने दोस्रो पटक २० माघमा पुनः आधिकारिकता माग्दै आयोगमा यो समूहले पत्र बुझाएको थियो । तर निर्वाचन आयोगले भने नेकपा विवादको निर्णयलाई टुंगोमा लैजान आलटाल गर्दै आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ