arrow

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना हुनसक्छ: बामदेव गौतम

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
bamdev1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकतामा आफू अडिक रहेको प्रतिक्रिया दिएका छन् ।

विहीबार कोरोनाविरुद्धको खोप लगाउन सिभिल अस्पताल पुगेका गौतमले संचारकर्मीहरुसँगको कुराकानीमा आफू अझैपनि पार्टी एकताको पक्षमा रहेको बताएका हुन् । उनले प्रचण्ड-नेपाल र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने स्पष्ट पारे ।

उनले आफू अहिले कतैपनि नलाग्ने भन्दै एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्नेपनि चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ