arrow

केपी ओलीलाई मधेश पस्न नदिएपनि हुन्छ तर पानी पस्न नरोक्नुहोला: प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
KP_olii.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई  मधेस विरोधी भन्नेहरुलाई काम गरेर देखाइदिएको दाबी गरेका छन् ।सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलन्यास गर्दै उनले आफू को हो भन्ने कुरा तराईका जनताले बुझिसकेको बताए ।

आफूलाई केही ब्यक्तिहरुले मधेस छिर्न नदिने बताएको उल्लेख गर्दै उनले भने, ‘केपी ओलीलाई मधेस पस्न नदिएपनि केही छैन, केपीले मधेसमा पानी पस्न दिनेछ, सुख्खा खेतलाई चिसा बनाइदिनेछ, खेत भिजाइदिनेछ, मुख्यमन्त्रीमार्फत खबर पुर्‍याउन चाहान्छु, केपी ओलीलाई पस्न नदिएपनि हुन्छ, तर पानी पस्न नरोक्नुहोला ।’

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु शाहले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास हुँदा सपना पूरा भएको बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले महत्वाकांक्षी आयोजना सुनकोशी-मरिन डाइभर्सनको निर्माण कार्य लक्षित समयमै सम्पन्‍न हुने विश्वास व्यक्त गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यो आयोजनाको निर्माणपछि बागमती प्रदेश मात्र नभई प्रदेश २ ले पनि प्रतिफल पाउने बताए।

सिंचाइ केन्द्रित उक्त राष्ट्रिय गौरवको आयोजनाका लागि सरकारले दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्‍याएर कृषि उत्पादन बढाउने उद्देश्य लिइएको आयोजनाको कूल लागत ४६ अर्ब लाग्नेछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ