arrow

‘सरकारले अब रेशम चौधरीलगायत थारू विद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरोस्’

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
baburam2.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सांसद रेशम चौधरीलगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गर्नुपर्ने बताएका छन् ।

सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको सहमतिलाई स्वागतयोग्य भन्दै डा. भट्टराईले सामाजिक संजालमार्फत सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्’ भनेका छन् ।

उनले लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ । यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस् ! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है ! नत्र जो होचो उसको मुखमा घोचो हुनेछ !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ