arrow

'विप्लव आउनु त ठीकै हो, सहमतिमा के कुरा छन् थाहा छैन'

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
prakash-sharan-mahat1.jpg

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द (विप्लव) समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ बिहिवार पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे ।

उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो ।  सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।”

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच शुक्रवार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । बिहीबार सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको हो । सहमतिको प्रारम्भिक पत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका तर्फबाट संयोजक रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका हुन् ।
 
फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गरे ।

उनले भने,“हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।” सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा महतको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ