arrow

हिटलरसँग मिलेपछि अमेजन एपले परिवर्तन गर्‍यो लोगो

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
hitler.png

काठमाडौँ । तानाशाही हिटलरको अनुहारसँग मिलेको प्रतिक्रिया आएपछि अनलाइन किनमेल कम्पनी अमेजनको मुख्य एपको लागो कम्पनीले तत्काल परिवर्तन गरेको छ ।

गत जनवरी कम्पनीले सार्वजनिक गरेको उक्त लागोमा स्माइल जस्तोको माथिल्लो भागमा निलो टेपको टुक्रा राखेको जस्तो देखिएको थियो ।

तर, सो भाग सहितको लोगो हिटलरको टुथब्रस र जुँगाजस्तै भएको भन्दै प्रतिक्रिया आउन थालेका थिए । अत्यधिक प्रतिक्रिया आउन थालेपछि कम्पनीले लोगो नै परिवर्तन गरेको हो ।

कम्पनीको लोगो र निलो टेप जस्तै भागले लोगो हिटलरको अनुहार झल्काउने भएपछि कम्पनीले तत्काल परिवर्तन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ