arrow

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
Biplav-prakanda-biplap.jpg

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधि गर्न बन्देज गर्ने गरी लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहसँग भएको सहमति अनुसार नै प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबिच भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गरेको  खानेपानी मन्त्री मणि थापाले जानकारी दिए ।

बैठकले सरकारी पक्ष र विप्लव समूहबिच भएको तीन बुँदे सहमतिलाई पनि अनुमोदन गरेको उनले जानकारी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ