arrow

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
dharmendra-bastola.jpg

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । सरकार र विप्लव समूहबिच बिहीबार भएको तीन बुँदे सहमति अनुसार प्रहरीले हिरासतमा रहेका नेता धर्मेन्द्र बाँस्तोलालाई छाडेको हो । उनी जिल्ला प्रहरी कार्यालय काभ्रेबाट छुटेका हुन् ।

काभ्रे प्रहरी प्रमुख भूपेन्द्र खत्रीले शुक्रवार बिहान बाँस्तोलालाई उनकी श्रीमती हिम बाँस्तोलाको जिम्मामा छाडिएको जानकारी दिए । आगजनी तथा सङ्गठित अपराधको मुद्दामा उनलाई काभ्रेमा हिरासतमा राखिएको थियो । उनलाई यसअघि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे लगिएको थियो ।

उनी विगत नौ दिनदेखि काभ्रेको हिरासतमा थिए भने उनलाई प्रहरीले गत महिना मकवानपुर र ललितपुरको दक्षिणी क्षेत्रबाट पक्राउ गरेको थियो । उनी केही बेरमा राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा सहभागी हुन आउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ