arrow

काठमाडौँ आए विप्लव : सिधै बालुवाटार जाने, प्रधानमन्त्रीसँग पहिलो भेट

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
biplab.jpg

काठमाडौँ । प्रतिबन्ध फुकुवा भएसँगै शुक्रवार बिहान नवलपरासीबाट सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को काठमाडौँमा पहिलो भेट प्रधानमन्त्री केपी ओलीसँग हुने भएको छ ।  शुक्रवार नवलपरासीका शहीद परिवारसँग भेट गर्दै सार्वजनिक भएका विप्लव भर्खरै काठमाडौँ आइपुगेका छन् ।

विप्लव काठमाडौं आए लगत्तै सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने कार्यक्रम तय भएको छ । उनले पहिलो उच्चस्तरीय राजनीतिक भेट प्रधानमन्त्री केपी ओलीसँगै गर्ने भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
 
प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि मात्रै उनी राष्ट्रिय सभा गृहमा हुने सहमति पत्रमा हस्ताक्षर तथा सम्बोधन समारोहमा सहभागी हुनेछन् । सरकारसँगको वार्तामा सहमति जुटेपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन तयार भइसकेको छ भने सो विषयमा बिहीबार नै सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोली बीच तीन बुँदे सहमति भइसकेको भनिएको छ ।

तत्कालीन विद्रोही माओवादीका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सोझै बालुवाटार अवतरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ