arrow

काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
prakashman-congress.jpg

कलैया ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् ।

स्व रामनारयण यादवको श्राद्धञ्जलि सभामा  सिमरा विमानस्थल पुगेका नेता सिंह काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।

नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि काँग्रेसले प्रतिपक्षको भूमिका दरिलो रूपमा प्रस्तुत गर्नुपर्ने सुझाव व्यक्त गरे । उनले पार्टीमा देखिएको गुट उपगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए ।

उनले संविधानले तोकेको समय सीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए । फरक प्रसङ्गमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठुलो लगानी रहेको हुँदा कार्यकर्ताले विश्वास गर्‍यो भने सभापतिका लागि योग्य रहेको प्रस्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ