- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा शुक्रवार हस्ताक्षर भएको हो ।
सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले हस्ताक्षर गरे ।
शुक्रवार राष्ट्रियसभा गृहमा ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ कार्यक्रम गरेर दुवैबीच हस्ताक्षर भएको हो ।
दुवै पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेता कार्यकर्ता रिहाइलगायत तीन बूँदे सहमति भएको थियो ।