arrow

आइतवारदेखि मुग्लिङ सडक दिउँसो बन्द

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
muglin--road.jpg.jpeg

भरतपुर । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ-मुग्लिङ सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ ।

 फागुन २३ आइतबर देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिङ सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।

 सडकखण्डमा बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिP । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए ।

यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।

 सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिङ तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिङ सडक आयोजनाले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ